काठमाडौं- गत वर्षको चर्चित गीत ‘माया जदौ’का गायक रामकृष्ण ढकालले पुरस्कार पाएका छन्। रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रहेको गीत यस वर्षको ‘नेशनल ब्राण्ड म्यूजिक अवार्ड–२०७७’ मा उत्कृष्ट पाश्र्व गायनतर्फ पुरस्कार चुम्न सफल भएको हो।
चलचित्र ‘हिजो आजका कुरा’मा समावेश भएको गीत अत्यन्तै रुचाइएको छ। युट्युवमा उक्त गीत दुई करोड ११ लाख भन्दा बढीले हेरेका छन्।
यस गीतका रचनाकार आनन्द अधिकारी हुन् भने संगीत दीपक शर्माले दिएका छन्। गायक ढकालले फेसबुकमा एक स्टेटस लेख्दै पुरस्कार पाएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया